पहिलो पाइला कृषि सहकारी संस्थाको अन्तरक्रिया

भद्रपुर । पहिलो पाइला कृषि सहकारी संस्था भद्रपुर–१ धिमालधुरा सूर्य नगरले कृषि सम्वन्धी विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध कृषकहरुलाई क्षमता अभिबृद्धि तथा श्रोत परिचालनमा सहजता निम्त्याउन विषय विज्ञ सहित अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाकी अध्यक्ष भूवमाया थापाको अध्यक्षता तथा जिल्ला कृषि विकास कार्यालय झापाका मत्स्य विकास अधिकृत विएन मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

पशु पालन तथा रोग नियन्त्रण सम्वन्धमा जिल्ला पशु सेवा कार्यालय झापाका डाक्टर कुमारसिंह खत्री, वित्तिय सहयोग तथा पूँजी परिचालन सम्वन्धी बैंक अफ काठमाण्डौका कार्यकारी अधिकृत गणेश लम्साल लगायतले कृषकहरुको जिज्ञासाको सम्वोधन गर्दै अन्र्तक्रिया गरेका थिए । यसैगरी माटो परिक्षण, उन्नत कृषि औजार तथा यान्त्रिकरण वारेमा समेत कृषकहरुलाई सचेतना प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: