प्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता

काठमाण्डौ । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज बिहान टेलिफोन वार्ता भएको छ । दुई देशका प्रधानमन्त्री बिच भएको वार्तामा नेपालमा हालै आएको भूकम्प, त्यसले पु¥याएको धनजनको क्षति,खोजी,उद्धार र राहतका प्रयासहरुका साथै दुइदेशका बीचको आपसी मैत्रीपूर्ण सम्बन्धका बारेमा कुरा भएको थियो ।

वार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले बैशाख १२ गते आएको महँभूकम्पबाट नेपालको जनजीवन सामान्य अवस्थामा फर्कन लागेको बेला बैशाख २९ गते पुनः आएको अर्को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले जनमानसलाई भयभित बनाएको बताएका थिए ।

उनले पछिल्लो भूकम्पको कम्पन दिल्लीसम्म अनुभव गरिएको र विहारमा जनधनको क्षति भएको खबरले आफू दुःखित भएको पनि बताएका थिए । उनले भूकम्प आएपछि नेपाल सरकारको अनुरोधमा भारतबाट आएका खोजी,उद्धार र राहत टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मी, निजामती कर्मचारी र स्वास्थ्यकर्मीहरुसंग समन्वय गरी पीडितहरुको जीवन रक्षा र राहत कार्यमा पु¥याएको सहयोगको सराहना गरेका थिए ।

                                                                                                                  modi-sushil

नेपालमा विपद् आउने वित्तिकै भारतबाट आएको आर्थिक र भौतिक सहयोगले यस्तो प्रकोपमा अन्तराष्ट्रिय समूहलाई उत्प्रेरित गरेको बताउदै प्रधानमन्त्री कोइरालाले यो नेपाल र भारतका बीचको राष्ट्रिय स्तरको र जनस्तरको अनुपम सम्बन्धका कारण संभव भएको बताए ।

प्रधानमन्त्री कोइरालाले भारतको सबै समुदायमा नेपाललाई परेको यस विपदमा सघाउन जागृत स्वःस्र्फूत भावनालाई अनुपम बताउदै यसले सबै नेपालीको हृदय स्पर्स गरेको उल्लेख गरेको उनका स्वकीय सचिव प्रकाश अधिकारीले जानकारी दिए । वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपालले ठूलो प्राकृतिक विपदाको सामना गर्नु परेको उल्लेख गर्र्दै नेपाल र नेपालीको आत्मसम्मान र सार्वभौमिकताको सम्मान गर्दै मानवीय सहयोग र विकास प्रकृयालाई सघाउन भारत सदा तत्पर रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्: