बीएण्ड सी हस्पिटलमा न्युरो सर्जन डा. पन्त

झापा । विर्तामोडको बीएण्ड सी हस्पिटल एण्ड मेडिकल कलेज र राजधानीको अन्नपूर्ण न्युरोलजिकल इन्स्टिच्यूड एण्ड अलाइड साइन्सेज आपसमा सहकार्य गर्न तयार भएका छन् । अन्नपूर्णको न्युरो सर्जन टिमले बीएण्ड सी हस्पिटलमा नियमित न्युरो सर्जरी सेवा दिने गरी सहकार्यको सम्झौता भएको हो ।

                                                                                                 14

झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुवै पक्षले आपसी सहकार्य गर्ने गरी सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामा बीएण्ड सी हस्पिटल एण्ड मेडिकल कलेजका तर्फबाट अध्यक्ष इन्दिरा गिरी र अन्नपूर्ण न्युरोलजिकलका तर्फबाट वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बोल्दै न्युरो सर्जन डा. पन्तले राजधानीबाहिर करोडौ“को लगानीमा खोलिएको बीएण्ड सी हस्पिटलले अत्याधुनिक उपकरण भित्र्याएको बताउ“दै १० वर्षका लागि सहकार्यको सम्झौता गरिएको बताए ।

कार्यक्रममा बीएण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अत्याधुनिक उपकरणसहित राजधानीमा उपलब्ध सबै सेवा बीएण्ड सी हस्पिटलमा उपलब्ध रहेको जानकारी दिए ।
झण्डै दुई अर्व रुपैया“को लगानीमा सञ्चालित बीएण्ड सी हस्पिटलमा तीनसय शैया सञ्चालनमा छन् । मेडिकल कलेजस“गै यसले सातसय शैया सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: