भुकम्पले काँग्रेसको केन्द्रिय पार्टी कार्यालय क्षतिग्रस्त

काठमाण्डौ । बिनासकारी भूकम्पका कारण सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालय रहेको भवनको तीनवटै ब्लकमा क्षति पुगेको छ ।
एक, बी र सी ब्लकमा रहेको ४२ वटा कोठा र दुई वटा बैठक कोठाको सबै क्षेत्रका भित्ताहरुमा क्षति पुगेको कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

कार्यालयको तीन वटै ब्लकहरुका भित्ताहरु धेरैजसो फाटेको भएतापनि पिलर र विममा भने कुनै किसिमको क्षति नदेखिएकाले कार्यालयको दैनिक कार्य सोही कार्यालयबाट नै सञ्चालन गरिरहेको उनले बताए ।

                                                                                         nc
पार्टी सभापति सुशील कोइराला बस्ने ‘ए’ ब्लकमा सबैभन्दा बढी क्षति भएको र अन्य बी र सी ब्लकमा कम क्षति भएको छ ।
११ वर्ष अघि करिब रु. पाँच करोडमा निर्माण गरिएको उक्त भवनमा भूकम्पका कारण भएको क्षतिबारे विभिन्न भूकम्पबिद् ईन्जिनियरहरुसँग परामर्श गरिसकेको बताउँदै मुख्य सचिव तिवारीले भवनमा स्टक्चरल क्षति नभएको र भित्ताहरुमात्र चर्किएकाले कम लागतमा मर्मत गर्न सकिने सुझाव दिइएको बताए ।

भवनको सबै भागमा भूकम्पबाट भएको क्षतिबारे स्थलगत रुपमा जानकारी दिंदै कार्यालयका सचिव प्रेम केसीले कुनै कुनै भित्ताहरु सामान्य अवस्थामा हल्लिने भएकोले भत्काल मर्मत गर्न जरुरी रहेको बताए ।

भवनका भित्ताहरु अधिकांश चर्किएको, ए, बी र सी ब्लकको बीच भाग छुट्टिएर गएको, भवनको कौशीका केही वालहरु भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस्: