भूकम्प पीडितका लागि मनिषाले ५० अस्थायी घर निर्माण गर्ने

नेपाली बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालका भूकम्प पीडितका लागि अस्थायी घर बनाउने अभियानमा साथ दिने भएकी छिन् ।

मनिषाले ‘लोकाजित’ नामको एनजिओको पहलमा भारतको नागपुरमा भएको रकम संकलन कार्यक्रममा नेपालमा घरबार बिहिन मानिसका लागि ५० वटा अस्थायी घर निर्माण गर्ने अभियानमा आफूले पनि सहयोग गर्ने बताएकी हुन् ।

                                                                             manisa

नेपालको कला क्षेत्रको संरक्षणका लागि भनि खोलिएको ‘लोकाजित’ले दैविक विपत्तिमा आफ्नो उद्धेश्य परिवर्तन गर्दै सहयोग रकम संलन गर्ने अभियान थालेको थियो । मनिषाले सोही अभियानमा उपस्थिति जनाउँदै घर निर्माणमा सहयोग गर्ने बचनबद्धता व्यक्त गरेकी हुन् ।

रकम संकलन अभियानमा ‘लोकाजित’लाई मनिषासँगै बलिउड अभिनेता गुलसन ग्रोभरले पनि साथ दिएका थिए ।  राष्ट्रसंघीय जनसंख्या सद्भावना दूत मनिषाले दुई दिन अघि मात्रै नेपालका भूकम्प पीडित महिला तथा बालबालिकाका लागि ‘डिग्निटी कार्ड’ वितरणमा प्रत्यक्ष सहभागिता जनाउने आसय व्यक्त गरेकी थिइन् । हाल भारतमा रहेकी मनिषा स्थिति सामान्य भएपछि नेपाल आउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्: