भूकम्प प्रभावित जिल्लामा तीन हजार पहिरो

काठमाण्डौ । लगातारको भूकम्पले प्रभावित १४ जिल्लामा तीन हजार पहिरो गएको छ। तीमध्ये केही पहिरो बढी नै जनधनको क्षति गराउने अवस्थाका छन् । संसारभरिका विभिन्न अनुसन्धान संस्थाको सहयोगमा इसिमोडले गरेको प्रारम्भिक प्रतिवेदनअनुसार ६ वटा ठूला पहिरोले नदी थुनिएको छ। यी जुनसुकै बेला फुटेर तल्लो क्षेत्रमा ठूलो बाढीपहिरो ल्याउन सक्छन् ।

इसिमोडको नेतृत्वमा नेपाल सरकार, नासा, यूएसजीएस तथा युरोपियन र चिनियाँ अनुसन्धान संस्थाका वैज्ञानिकहरूले भूउपग्रह तस्बिरका आधारमा भूकम्पपछिका पहिरो अध्ययन गर्न कार्यदल नै गठन गरेका थिए । वैज्ञानिकहरूले मंगलबार गएको भूकम्पले थप पहिरोको सम्भावना बढाएको अनुमान गरेका छन्।pahiro

तीन हजार पहिरोमध्ये अहिले पनि चार सय ठूलासाना पहिरो खसिरहेका छन् । दुई सय ५० पहिरोको भने आकार, स्थान र प्रकृतिसहितको विस्तृत विवरण तयार भएको जानकारी भूकम्पपछि पहिरोको खतरा अध्ययन गर्न सरकारसहितको संलग्नतामा गठित कार्यदलका संयोजक डा. अरुणभक्त श्रेष्ठले दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: