राष्ट्रपती चुरे संरक्षण सफल बनाउने

भद्रपुर । राष्ट्रपती चुरे संरक्षण सफल बनाउने उदेश्यले झापाबाट राष्ट्रिय गुरुयोजना अभियान सुरु भएको छ । राष्ट्रपति चुरे तराई, मधेश संरक्षण विकास समिति काठमाडौको आयोजना तथा जिल्ला वन कार्यालय झापाको सहकार्यमा भद्रपुरमा आयोजित चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना तुर्जमा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा उक्त अभियानको थालनी भएको बताइएको हो ।

चुरे तराई संरक्षण गर्ने उदेश्यले केही महिना अगाडी देशभरका नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा उठाउन नेपाल सरकारले प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध सरकारले नै फुकुवा गरेपनि यस चुरे अभियानलाई सफल बनाउन सरकारले अहिले जिल्ला जिल्लाको भौगोलिक अवस्था बुझेर गुरुयोजना तयार पार्न लागेको संरक्षण विकास समितिका डा. नागेन्द्रप्रसाद यादवले जानकारी गराए ।

झापाका स्थानीय विकास अधिकारी फणिन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा समितिका भवानीप्रसाद खरेलले गुरुयोजनाको बारेमा जानकारी गराउदै सहभागिहरुबाट जिल्लाको अवस्था बारेमा जानकारी लिएका थिए ।

उपस्थिती सहभागिहरुलाई चार समूहमा विभाजन गर्दै जिल्लाको वन व्यस्थापन, नदी प्रणाली, कृषि तथा विकाश, भौतिक पूर्वाधार र उर्जाको बारेमा जानकारी लिएका थिए । यता संरक्षण विकास समितिले पूर्वको झापा जिल्ला हुदै पश्चिमको चुरेसंग जोडिएको जिल्ला सम्म यसरी नै जिल्लास्तरीय तर्जुमा गोष्ठीको आयोजना गर्दै जाने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: