शिशु मार्ने आमालाई जन्मकैद

खोटाङ । नवजात शिशु मारेर फालेको आरोपमा पक्राउ परेकी खोटाङकी एक महिलालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।
असार २७ गते नवजात शिशुको हत्या गरेर फालेको आरोपमा पक्राउ परेकी याम्खा–५ की २८ वर्षिया उमिता परियारलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमले जानकारी दिएका छन् ।

                                                                                                    sisu
उमिताले शिशु जन्माउनासाथ मकैबारीमा फालेको जानकारी स्थानीयले गराएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रीमान विदेश गएको समयमा नाताले भतिजा पर्ने विनोद परियारसँगको यौन सम्बन्धबाट उनमा गर्भ रहेको खुलेको थियो । विनोद फरार रहेको प्रहरीले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: