अमेरिकी हेलिकोप्टर अझै अज्ञात

दोलखा । मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्ट बिहीबार दिनभर खोजी गर्दा पनि केही पत्ता लागेको छैन । बुधबार र बिहीबार दिनभर आकाश र जमिनमा विशेष अप्रशेन गर्दा पनि विमानको अवस्थाबारे केहीसंकेत फेला परेको छैन। बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।

हराइरहेको विमानको अवस्थाबारे अहिलेसम्म केही पत्ता नलागेको दोखलाको बर्दबहादुर गणका गणपति प्रमुख सेनानी विश्वास विक्रम शाहले बताए । हराइरहेको विमानको सर्च अप्रेशन टिमको बेस बर्दबहादुर गणमै रहेको छ।                                                       1

सर्च अप्रेशनको समन्वय त्यहीबाट भइरहेको छ । नेपाली सेना, भारतीय वायुसेना र अमेरिकी सेनाका हेलिकोप्टरले पटकपटक दोलखा र आसपासको क्षेत्रमा परिक्रमा गर्दा पनि अहिलेसम्म हेलिकोप्टरको इमरजेन्सी लोकेटर ट्रान्समिटर इएलटी सिग्नल पनि पत्ता लागेको छैन ।हेलिकोप्टरको खोजी कार्य अझै जारी रहेको जानकारी सेनाले दिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: