भारत र चिनबीच २४ बुँदे सम्झौता

काठमाण्डौ । भारत र चीनबीच १० अर्ब डलर बराबरको २४ बुँदे सम्झौता भएको छ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका समकक्षी ली खछ्याङबीच रेलवे, पर्यटन, शिक्षा, अन्तरिक्ष लगायतका विषयमा सम्झौता भएको हो ।   paras

संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री खछ्याङले चीन र भारत ‘एशियाको इन्जिन’ भएको बताए । सम्झौता अनुसार भारतको चेन्नाइ र चीनको शेङ्गदुमा वाणिज्य दूतावास खोलिने छ ।

योगा कलेज स्थापना, औरंगावाद र दुनहुआङ बीच सिस्टर सिटी तथा कर्नाटक र शिचुआनबीच सिस्टर स्टेट सम्वन्ध स्थापना गरिने छ । यसैगरी भारत र चीनबीच थिंक ट्यांक स्थापना गर्ने पनि सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्: