भुकम्पका कारण हृदयघात भएर एकको मृत्यु

काठमाण्डौ । धादिङलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान आएको भूकम्पको कारण भागदौड हुंदा हृदयघात भएर नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।
नवलपरासीको देउराली ४ बेलहानी निवासी ६२ वर्षीय गणेशबहादुर श्रेष्ठको हृदयघातका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी परशुराम तिवारीले जानकारी दिए ।
हृदयघात भइ बेहोस भएका श्रेष्ठलाई उपचारका लागि चितवनको चितवन मेडिकल कलेजमा लाँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

यो सहित नवलपरासीमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि गत वैशाख १२ गतेको भूकम्पले नवलपरासीको रुचाङ २ मा एक महिलाको मृत्यु भएको थियो ।
त्यसैगरी वैशाख १२ को भूकम्पले नवलपरासीमा ११ जना घाइते भएका थिए भने २९ गतेको भूकम्पले २४ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: