भूकम्प आएका बेला हिरासतबाट भागे आङटासी

काठमाण्डौ । भूकम्पपीडितलाई बाँड्न नेपाल सरकारले भारतबाट किनेर ल्याएको त्रिपाल निजी घरमा पुर्याएको अभियोगमा पक्राउ परेका आङटासी तामाङ हिरासतबाटै भागेका छन् ।
महानगरीय प्रहरीवृत्त बौद्धको हिरासतमा रहेका तामाङ मंगलवार आएको अर्को शक्तिशाली भूकम्पको मौका छोपेर भागेका हुन । स्रोतका अनुसार मंगलवार दिउँसोको शक्तिशाली भूकम्पपछि मानवीय क्षति रोक्न प्रहरीले हिरासतकक्षमा रहेका अभियुक्तलाई बाहिर निकालेका थिए । bandi

पहिलो भूकम्पको धक्काबाट बौद्ध वृत्तको भवन धरापमा बनेको थियो । शक्तिशाली पराकम्पनपछि हिरासतमा रहेका अभियुक्तलाई सुरक्षित स्थानमा राख्न प्रहरीले ताल्चा खोलिदिएका थियो ।
भुइँतलामा रहेको हिरासतकक्षको ढोका खुल लगत्तै जोगिन भागदौड भएपछि तामाङ त्यही मौकामा भागेका हुन् ।

भारतस्थित नेपाली दूतावासले किनेर पठाएको ५० लाख रुपैयाँको त्रिपाल उनले जोरपाटीमा रहेको एक निजी गोदाममा पुर्याएका थिए । राज्यकोषबाट किनेको सामान भारतबाट भैरहवा हुँदै नेपाल प्रवेश गरे पनि केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा नपुगेपछि खोजी गर्दा जोरपाटीको निजी घरमा फेला परेको आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: