भूकम्प पीडितलाई टहरा बनाइदिन गगन नुवाकोटमा

काठमाण्डौ । भूकम्प पीडित परिवारलाई अस्थायी घर निर्माण गर्न नेपाली कांग्रेसले स्वयंसेवी अभियान सुरु गरेको छ । अस्थायी घर निर्माण गर्न कांग्रेस केन्द्रीय सदस्य गगन थापा नेतृत्वको टोली शुक्रबार नुवाकोटको कुमरी पुगेको छ ।                                                                                                            gagan

कुमरीमा ४५ वटा अस्थायी घर निर्माण गर्ने र थप २० घरका लागि जस्तापाता (टिन) र बाँस उपलव्ध गराउने योजना रहेको थापाले जानकारी दिए । ‘स्थानीयवासी र युवा साथीहरूको संयुक्त स्वयंसेवी श्रमदानमा हामी घर निर्माण गर्ने छौं,’ थापाले विज्ञप्ति निकालेर भनेका छन, ‘हामी घर निर्माण गरेर मात्र कुमरीवाट फर्कने छौं ।’

प्रतिक्रिया दिनुहोस्: