अमेरिकी टोलीलाई सिंहदरबारमा रोक

काठमाण्डौ । विनासकारी भूकम्पले सिंहदरबारमा पारेको असरको प्राविधिक मूल्यांकन गर्न शहरी विकास मन्त्रालयले खटाएको एक अमेरिकी टोलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले शुक्रबार रोक लगाएको छ ।

सरकारको पूर्व अनुमति विना विदेशीहरुलाई सिंहदरबार घुसाएको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव प्रेम कुमार राईले सिंहदरबार पूर्न्निर्माण सचिवालयका पदाधिकारीहरुलाई हप्काएका थिए ।  पूर्न्निर्माण सचिवालयका सदस्य सचिव गिरिजा गोर्खालीले भने शहरी विकास मन्त्रालयको निर्देशन अनुसार नै टोली पठाएको प्रतिक्रिया दिएका थिए ।  paras2

सचिव प्रेमकुमार राईले भने अनुमति विनै पुरातात्वीक महत्व बोकेको सिंहदरबारमा विदेशी टोली पठाएकोमा आपत्ती जनाएका थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: