जनआन्दोलनका घाइते मुकेशलाई नयाँ घर

काठमाण्डौ । जनआन्दोलनका घाइते मुकेश कायस्थलाई लगातार भूकम्पको कम्पन भई घरभित्र बस्न असुरक्षित महशुस गर्दै जिल्ला दैवी प्रकोप उद्धार समितिले नयाँ घर उपहार दिएको छ ।
‘मुकेशलाई भित्र र बाहिर निकाल्न समस्या हुने भएकाले स्थिति सामान्य नहुन्जेल बाहिरै बस्न मिल्ने चिनियाँ सरकारले उपलब्ध गराएको नयाँ घरजस्तै टेन्ट उपलब्ध गराएका हौं ।’

प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जानकारी दिए ।
मुकेशलाई राखिएको नयाँ घरमा शुक्रवार प्रजिअ ढकाल, एसएसपी पीताम्बर अधिकारी, एसपी पूजा सिंह, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्यसहितको टोलीले निरीक्षण गरी मुकेशलाई थप असहज हुन नदिन जिल्लाबाट गर्नुपर्ने सबै खालका सुविधा उपलब्ध गराउने प्रतिवद्धता ढकालले ब्यक्त गरेका छन् ।

                                                                                                                     paras 1
लोकतन्त्र दिवसको अवसर पारी जनआन्दोलन ०६२ र ०६३ का शहीदका परिवार, घाइते तथा अपाङ्गलार्य सम्झने प्रयास नगरे पनि राज्यका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालको टोलीले अर्धचेत अवस्थामा रहेका घाइते उमेशलाई घरमै गएर सम्मान गरेको छ ।

जनआन्दोलन सुरु भएको चौथो दिन २०६२ चैत २७ गते बनेपामा प्रदर्शन भइरहँदा प्रहरीले चलाएको गोली लागि उनी घाइते भएका थिए । आजको नेपाल समाचार पत्रमा खबर छ

प्रतिक्रिया दिनुहोस्: