दुईसाता देखि सचिव बिहिन बाहुनडाँगी

खगेन्द्र घिमिरे/

झापा । झापाको पूर्वोत्तर गाविस बाहुनडाँगी बिगत दुई सातादेखि सचिव विहिन बनेको छ । दुई सातादेखि सचिवविहिन हँुदा बाहुँनडागीका सेवाग्राही मर्कामा परेका छन् । बाहुँनडागी गाविसका सचिव मोहन ढकाल गाविसमा अनुपस्थित हुँदा सेवाग्राही मारमा परेका हुन् ।

                                                                                                                                                            bahundagi

स्थानियका अनुसार उनी  मादक पदार्थ सेवन गर्दै हिड्ने गरेकाले कार्यालय प्रति बेवास्था गरेको बुझिएको छ । गाविसमा जन्मदर्ता, नागरिताको सिफारिस, विवाह दर्ता लगायतका दैनिक काममा सचिव नहँुदा सेवाग्राहीले सास्ती बेर्होनु परेको स्थानिय सेवाग्राही युवराज नेपालले बताए ।

जिल्ला बिकास समिति झापाको कार्यालयमा सचिव ढकालको बिरुद्धमा थुपै उजुरी परे पछि उनलाई जिल्ला बिकास समितिले तुरुन्त हाजिर हुन पत्र लेखे लगात्तै उनी सम्पर्क बिहिन भएका हुन । गाविसको काम सम्पादन राम्रो सग नगरेका कारण उनलाई जिल्ला बोलाईएको समाचार श्रोतको भनाई रहेको छ ।

गाविसमा सचिव नहनु राजनैतिक दलहरुको मुख्य कारण भएको गाविसका खरिदार युवराज पोखरेल बताउछन । सचिव नहँुुदा आफुहरुलाई दैनिक काम चलाउन निकै समस्या भएको उनी बताउछन ।

प्रतिक्रिया दिनुहोस्: