नेपालको आवश्यकता अनुसार सहयोग गर्ने – भारतीय राजदूत

काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भूकम्प प्रभावितको पुनर्वास र पुनर्निर्माणको लागि नेपालको आवश्यकता अनुसार सहयोग गर्ने बताएका छन् । जुन १० सम्म सरकारले पुनर्निर्माणका आवश्यकबकारे प्रतिवेदन उपलब्ध गराउने जानकारी आफूले पाएको भन्दै उनले नेपालको प्राथमिकताको आधारमा भारतले सहयोग गर्ने बताए ।

                                                                                                                         rajjut bharat
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा राजदूत रेले नेपालको पुनर्निर्माणको लागि आयोजना हुने अन्तर्रा्ष्ट्रिय दातृ सम्मेलनलाई सफल बनाउन जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वर्षायाम सुरु हुन लागेकाले पूर्व तयारीको लागि अस्थायी आवास र खेतीमा केन्द्रीत हुनु पर्ने उनको जोड थियो ।

१५ हजार टन राहत नेपाल आइपुगेको र अहिले पनि दिनको ५०–६० ट्रक राहत सामग्री नेपाल आइरहेको भन्दै राजदुत रेले भारतले रकममा मुल्यांकन गरेर सहयोग नगरेको स्पष्ट पारे ।
जिल्लामा रहेका सरकारी संयन्त्र र सरकारलाई के–के आवश्यक छ भन्ने जानकारी हुने भएकोले सरकारकै प्रणालीबाट अघि बढ्नु पर्ने उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्: