भूकम्पबाट ८ हजार ३ सय ४९ जनाको मृत्यु

काठमाण्डौ । देशका विभिन्न भागमा वैशाख २९ गते आएको भूकम्पको पराकम्पनमा परी शनिबार बिहानसम्म १ सय ३६ जनाको ज्यान गुमेका छन् भने दुई हजार ९ सय ५६ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा काठमाण्डौ उपत्यकामा ११, पूर्व क्षेत्रमा चार, मध्य क्षेत्रमा १ सय १८ र पश्चिम क्षेत्रमा तीन जना छन् भने घाइते हुनेमा उपत्यकामा एक हजार ७ सय ३९, पूर्व क्षेत्रमा १ सय २१, मध्य क्षेत्रमा ९ सय ७२, पश्चिम क्षेत्रमा १ सय १० र मध्यपश्चिम क्षेत्रमा १४ जना छन् ।

मृतक १ सय १३ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये १६ सय ९८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको गृह मन्त्रालयले जनाएको छ ।
भूकम्पमा परी घाइते भएका नेपाल प्रहरीका ४३ , नेपाली सेनाका ६ र सशस्त्र प्रहरीका ११ जनासमेत उपर्युक्त सङ्ख्यामै समावेश गरिएको छ ।

भूकम्पमा परी चार जना बेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म तीन हजार ६ सय २७ पूर्ण रुपमा र पाँच हजार १ सय ९० आंशिक रुपमा गरी जम्मा ८ हजार ८ सय १७ भौतिक संरचनामा क्षति पुगेको छ ।

      11078199_1575878276034129_6333150944830323753_n
यसैगरी, देशका विभिन्न भागमा वैशाख १२ गते आएको शक्तिशाली भूकम्पमा परी शनिबार बिहानसम्मको जानकारीअनुसार ८ हजार ३ सय ४९ जनाको ज्यान गुमेको छ भने १७ हजार ८ सय ७० जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार सात सय ९, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ६ हजार एक सय ६४, पश्चिम क्षेत्रमा ४ सय २१ र मध्यपश्चिम क्षेत्रमा २ जना छन् । घाइते हुनेमा उपत्यकामा १० हजार ७ सय ७३, पूर्व क्षेत्रमा तीन सय २५, मध्य क्षेत्रमा पाँच हजार ५ सय ५०, पश्चिम क्षेत्रमा एक हजार १ सय ९८, मध्यपश्चिम क्षेत्रमा २२ र सुदूरपश्चिम क्षेत्रमा २ जना छन् ।

उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ तथा घाइते भएका नेपाल प्रहरी १ सय ४०, सशस्त्र प्रहरी २१ र विदेशी पर्यटक ५० जनाको सङ्ख्यासमेत ती सङ्ख्यामै समावेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २ सय ५२ र विदेशी नागरिक १ सय १० जना बेपत्ता भएका छन् ।

यसैगरी, उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १ सय ३०, पूर्व क्षेत्रमा ३५ हजार ४ सय ५४, मध्य क्षेत्रमा १ लाख ९८ हजार र्२ सय ८३, पश्चिम क्षेत्रमा एक लाख १३ हजार नौ सय ४२, मध्यपश्चिम क्षेत्रमा ३ हजार १ सय ५४ र सुदूरपश्चिम क्षेत्रमा ३४ गरी ४ लाख १७ हजार ९ सय ९७ भौतिक संरचनामा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्: