भूकम्प पीडितलाई नगद दिनु प्रभावकारी – कांग्रेस

काठमाण्डौ । नेपाली कांग्रेसले भूकम्पबाट पीडित परिवारलाई तत्काल नगद नै उपलब्ध गराउदा प्रभावकारी हुने बताएको छ । वर्षायम सुरु भइसकेको भन्दै जस्तापाता दिंदा ढिलाई हुने भएकाले नगद नै दिनु पर्ने माग गरेको हो ।

केन्द्रीय कार्य समितिद्वारा गठित अनुगमन समितिले विनाशकारी भूकम्पबाट भएको क्षतिको अनुगमन गरिरहेको नेता शेरबहादुर देउवा नेतृत्वको अनुगमन समितिले जस्तापाता नभई तत्काल आर्थिक सहयोग गरेमात्र पीडितले अस्थायी बसोबास छिटो बनाउन सक्ने भन्दै यस्तो माग गरेको छ ।

सरकारी उद्दार, राहत र पुनर्वासको काम प्रभावकारी नभएको भन्दै देउवा नेतृत्वको समितिले ११ बुँदे सुझाव दिंदै आफनै पार्टीको नेतृत्वसँग यस्तो माग गरेको हो ।
साथै कांग्रेसले पीडितको पुनर्वासको लागि द्धन्द्धका समयमा माओवादीहरु बसेको शिविर प्रयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

                                                                                                                                                nc
हालसम्म राहत वितरणको प्रकृयाको अनुगमन गर्दा, समयमा सम्बन्धित स्थानमा सबैको पहुँचमा पुगेको छ भन्ने कुराको सुनिश्चित गर्न नसकिएको भन्दै कांग्रेसले राहत लाई प्रभावकारी बनाउन समन्वयात्मक भूमिका खेल्न पनि सरकारसँग माग गरिएको छ ।

पुनर्निर्माणका लागि आवश्यक दक्ष र अर्धदक्ष जनशक्तिको कमि हुने देखिएको भन्दै कांग्रेसले तत्काल कम्तिमा पनि ५० हजार युवाहरुलाई निर्माण सम्बन्धी अल्पकालीन तालिमको व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: