राष्ट्रिय सरकार आवश्यक – गच्छदार

विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले विनाशकारी भुकम्पपछिको राष्ट्रिय संकट र मुलुकमा रहेको राजनीतिक संकट अन्त्यका लागि सहमतिको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले राष्ट्रिय संकट र राजनीतिक संकट अन्त्यका लागि सवल, सक्षम र विश्वसनीय सरकार आवश्यक रहेको बताए ।

                                                                                                                           bijaya kumar

कांग्रेस वा एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन वार्ता चलिरहेको भन्दै गच्छदारले दातृ निकाय र जनताको विश्वास जित्न पनि राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको बताए । यही बेला संविधानका विवादित विषयहरुलाई समाधान गरेर फाष्ट ट्रयाकबाट संविधान जारी गर्नुपर्ने उनको भनाई छ ।

सहमतिको सरकार पछि स्थानीय निकायको निर्वाचन गराएर मुलुकलाई पुर्न्निर्माणको चरणमा लैजानुपर्ने गच्छदारको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्: