राहत नपाएपछि गाविस सचिवमाथि हातपात

गोरखा । गोरखाका गाँखु गाविस सचिवमाथि स्थानीयले कुटपिट गरेका छन् । वैशाख २९ गतेको भुकम्पको केही घण्टा पछि गाँखुका वडा नम्बर ५ का स्थानीयले गाविस सचिव अचला आर्चाय माथि हातपात गरेको गाविसस चिव आचार्यले बताईन् ।

प्रहरीको घेराभित्र रहेकी गाविस सचिवलाई स्थानीयले हातपात गर्नुका साथै चप्पल प्रहार गरेको आचार्यको गुनासो छ ।
स्थानीयले आफुहरुलाई अपेक्षा गरे अनुसारको राहत नदिएको भन्दै आफूमाथि जाई लागेको गाविस सचिव आचार्यले बताइन् । उनले प्रहरी कार्यालयमा १० र १२ जनाको किटानीसहित ठाडो उजुरी हालेकी छिन् भने शनिवार प्रहरी कार्यालयमा जाहेरी दिँदै छिन् ।

                                                                                                               1
उनले भनिन् हाम्रो गाविसमा भुकम्पबाट प्रभावित भएकाहरुलाई राहत वितरण पनि गरिसकेको थिए तर मलाई एकाएक सुनीयोजित ढंगबाट ममाथि कुटपिट भयो ।
मानसिक रुपमा समेत गाविसमा गएर काम गर्न नसक्ने अबस्थामा रहेको बताउँदै गाविस सचिव आचार्यले दोषी उपर तत्काल कडा भन्दा कडा कार्रवाहीको माग समेत गरेकी छिन् ।

गाँखु गाविसमा ७ सय ७३ घर धुरी मध्ये भूकम्पबाट १२ जना घाइते भएको करीब ९० प्रतिशत जसो घरहरुमा क्षति पुगेको उनले बताइन् । भुकम्पबाट सो गाविसमा हालसम्म कुनै व्यक्तिको मृत्यु भएको छैन । मानव अधिकार हनन् भएको बताउँदै गाविस सचिव आचार्यले सुनीयोजित ढंगले गाँखु ५ का स्थानीयले आफु माथि कुटपिट गरेको आरोप लगाइन् ।

गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धत तिमिल्सिनाले सरकारी कर्मचारी माथि दुव्र्यवहार गर्ने उपर कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
आफुहरुलाई राम्रोसंग राहत वितरण नभएकोले गाविस सचिवलाई माग गर्दा सुनुवाई नगर्दा केहि युवाहरु आक्रोषित भएको एक स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस्: