सिन्धुपाल्चोकमा करेन्ट लागेर ४ घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेचौर गाविसको वडा नम्बर २ मा करेण्ट लागेर चार जना घाईते भएका छन ।
शनिबार बिहान १० बजेतिर अस्थायी रुपमा बसोबास गर्न बनाईएको टहरोमा हुक हालेर बिद्युत जोड्ने क्रममा करेन्ट सर्ट हुँदा स्थानीय ४२ वर्षकी सीता तामाङ, १२ वर्षकी रविना तामाङ तथा नाम नखुलेका रोक्का थरका दुई जना घाइेत भएको प्रहरीले जनाएको छ ।

                                                                                                                                   paras 55
घरमा हुक हालेर विद्युत बाल्ने क्रममा जस्तामा सर्ट हुँदा उनीहरु घाईते भएको भोटेचौरका प्रहरी सहायक निरीक्षक प्रदीप गिरीले जानकारी जानकारी दिए । घाईतेहरुको स्थानीय मेडिकल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: