आत्मघाती बिस्फोटमा ९ को मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तरी योबे राज्यको दमातुरु शहरमा भएको आत्मघाती बिस्फोटमा ९ जना मारिएका छन् । दामातुरु शहरको एक व्यस्त बस स्टेशनमा एक महिलाले आफैंलाई बिस्फोट गराएको अन्तर्रा्ष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । घटनामा थप ३० जना घाइते भएका छन् ।

                                                                                                                           paras ppp
आतंकबादी समूहको निशाना बन्दै आएको योबे राज्यमा यसअघि भएको आतंकबादी हमलामा ५० भन्दा बढीको ज्यान गएको थियो । इस्लामिक अतिवादी समुह बोको हरामले पछिल्लो समय आत्मघाती हमलामा महिलालाई प्रयोग गर्दै आएको छ । घटनाको जिम्मेवारी कसैले नलिए पनि विष्फोट बोको हरामले गराएको नाइजेरियन सरकारको दाबी छ । उता माइदिगुरी शहरमा पनि बोको हरामले पकड जमाउन थालेपछि सेनाले कर्फ्यु लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्: