एमालेको केन्द्रीय कार्यालय क्षतिग्रस्त

काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कार्यालय भूकम्पले क्षतिग्रस्त बनाएपछि धुम्बाराहीमा सर्ने भएको छ । २० वर्षदेखि बल्खुमा आफ्नै आधुनिक भवनमा सन्चालित भूकम्पबाट चर्किएको छ ।

एमाले स्थायी कमिटीको आइतवार बसेको बैठकले केन्द्रीय कार्यालयको स्थायी व्यवस्था नभएसम्म धुम्बाराहीस्थित पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको भवन भाडामा लिएर सन्चालन गर्ने निर्णय गरेको छ ।                                                                               balkhu

घरधनी पक्षसँग भाडा र भवन प्रयोग सम्बन्धी सम्झौता गर्न बाँकी रहेको एमाले स्रोतले जनाएको छ ।, तर सोही भवन भाडामा लिने भने निश्चित भइसकेको स्रोतको दावी छ ।

पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको भवन शंखपार्क अगाडि छ । बल्खु मदननगरस्थित एमाले कार्यालय क्षतिग्रस्त भएपछि हाल पालमुनि कार्यालय चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: