करोडौं रुपैयाँ ठगी गर्ने शमसेर पक्राउ

काठमाण्डौ । करोडौं रुपैयाँ ठगी गर्ने काठमाडौं मलका ठेकेदार प्रविर शमसेर जबरा (पम्पी) पक्राउ परेका छन् । बिभिन्न व्यक्तिहरुलाई प्रलोभन देखाउँदै शमसेरले ठगी गरेका हुन् ।
एस डेभलपमेन्ट कम्पनीका प्रविरबाट धेरै व्यक्ति ठगिएको हुन सक्ने भन्दै प्रहरीले महानगरीय प्रहरी अपराध महाशाखाममा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

                                                                                                                                                      mahal
लतिलपुर २ का ४८ वर्षीय जबराले सिन्धुपाल्चोक घर भइ हाल धापासी बस्ने महेशकुमार कार्कीलाई १ करोड रुपैयाँ ठगेका थिए । मिलेर काम गर्ने प्रलोभन देखाई प्रविरले ललितपुर लामाटारमा रहेको ३ रोपनी जग्गा आफ्नो कम्पनी एस डेभलपमेन्टको नाममा १ करोडमा पास गर्न लागाए ।

मालपोत कार्यालय ललितपुरमा जग्गा पास गरेपछि भुक्तानी दिने क्रममा जबराले १ करोडको चेक दिएका थिए । तर, चेकको दस्तखत नमिलेपछि पुनः चेक काट्न भन्दा अस्वीकार गरेर ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: