चोरीको सामानसहित १ पक्राऊ

ललितपुर । ललितपुर उपमहानगरपालिका २६ सुनाकोठीस्थित शिवराज कार्कीको घरमा चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली टिकापुर नगरपालिका ८ सितापुर घर भइ हाल काठमाडौं महानगरपालिका ८ पशुपति बस्ने २७ वर्षीय देवकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले कार्कीको घरबाट नगद, सुन, चाँदी तथा अन्य धनमाल समेत गरी अन्दाजी ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

                                                                                                                                                                 apaharan
चौधरीको साथबाट ल्यापटप, मोबाइल फोन, घडी लगायतका सामान बरामद भएको प्रहरी अपराध महाशाखाले जनाएको छ । उनलाई चोरी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त चापागाउँको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: