झापामा भूकम्प पीडितको सहयोगार्थ फुटवल हुने

बिर्तामोड । भूकम्प पीडितका लागि राहत संकलन गर्ने उदेश्यले झापा ११ र भारतको पश्चिम बंगाल ११ बिच एक दिने मैत्रीपुर्ण फुटवल हुने भएको छ । झापाको डोमालाल रंगशालामा हुने खेलमा पश्चिम बंगाल ११ सहभागी हुने लगभग निश्चित भएको आयोजकले जनाएको छ ।

                                                                                                                                       jhapa11

सोमवार देखि आयोजनाको तयारी शुरु गरीने. झापा जिल्ला फुटवल संघका अध्यक्ष जलकुमार गुरुङले बताए । भारतको राष्ट्रिय फुटवल टिमका क्याप्टेन सुनिल क्षेत्रि समेत सो खेलमा आउन इच्छुक रहेको श्रोतको दावी छ । भूकम्पका कारण जारी लिग स्थगित भएपछि १६ अंक सहित शिर्ष स्थानमा रहेको झापा ११ र भारतीय टिम बिच हुने खेलमा उल्लेख्य दर्शकको उपस्थिती रहने बिस्वास आयोजकको छ । आयोजकले टिकटबाट संकलन हुने शुल्क भूकम्प पीडितका लागि प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: