दुर्घटनामा एक को मृत्यु चार घाइते

बेलबारी । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङको लक्ष्मीमार्ग सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य चारजना घाईते भएका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १००१ नम्बरको जीप आज बिहान करिब ६ः१५ बजे लक्ष्मीमार्ग पूलबाट खस्दा झापा बिर्तामोठ की अन्दाजी ४२ बर्षीया बुल्सन बेगम सेखको घटना स्थलमै मृत्यु भएको हो ।

OLYMPUS DIGITAL CAMERA
जीपमा सवार अन्य चारजना घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: