पहिलो स्थानमा रहँदै चेन्नई प्ले अफमा

काठमाण्डौं । चेन्नई सुपर किङ्ग्स अंक तालिकाको शीर्ष स्थानमा रहँदै इण्डियन प्रिमियर लिग आईपीएलको प्ले अफमा पुगेको छ ।
शनिबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा चेन्नईले किङ्ग्स इलाभेन पन्जाबलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै चेन्नई १८ अंक प्राप्त गरेर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
पन्जाबले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य चेन्नईले १६.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाइको थियो । उसको सुरुवात भने राम्रो थिएन । माइकल हसी १ रनमै आउट भएका थिए । ब्रेन्डन म्याकलम ६ रनमा आउट हुँदै गर्दा चेन्नईको स्कोर मात्र १० रन थियो ।

aa
तर, फाफ डुप्लेसिस र सुरेश रैनाले पारी सम्हाले । डुप्लेसिस ५५ रनमा आउछ भए भने रैनाले ४१ रन बनाउन सफल भए । कप्तान महेन्द्रसिंह धोनी २५ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । त्यसका लागि कक्षर पटेलले ३२ र ऋषि धवनले अविजित २५ रन जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्: