बाबुरामलाई गोर्खालीले सोधे– ‘सबै सखाप भयो, अब के गर्ने ?’

काठमाडौं । एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई शनिबार गृहजिल्ला गोरखा सदरमुकाम पुग्दा त्यहाँको माहोल उराठलाग्दो थियो । धेरै घरहरु ढलेका थिए, भने सग्ला रहेकाहरु पनि चिरा–चिरा परेका थिए । सरकारी अधिकारीहरु राहत वितरणलगायतका काममा ग्रामीण इलाकातिर लागेका थिए । 01

सदरमुकाम र त्यस आपसपासका सर्वसाधारण घर नजिकै त्रिपाल टाँगेर समय बिताउँदै थिए । गोरखामा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त भएका घरबाट प्रयोग गर्न मिल्ने अन्नपात र भाँडाकुँडा निकालिएको भएपनि काठपात र जस्तापातालगायतका सामग्रीहरु स्थानीयले अझैं निकालेका छैनन् ।

                                                                                                                                                                         02

‘अहिले नै निकालेर के गर्नु, भोली क्षतिपुर्ति पाइन्न होला’ स्थानीय दल बहादुर श्रेष्ठले भने । सरकारी निकायले भग्नावशेष घरहरुको अवलोकन गरेर तथ्यांक राख्ने प्रक्रियामा ढिलाई गरेको थाहा पाउनासाथ भट्टराईले प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनालाई टेलिफोन गरेर भने– ‘तपाईहरुले भग्नावशेषको निरीक्षण गरेर तथ्यांक राख्न ढिला गरिदिदाँ जनताले घर खोस्रन मानेनन्, अनुगमन छिट्टो गरिदिनुस् नत्र बर्षायाममा गाह्रो पर्छ ।’

सरकारी निकायले क्षतिको विवरण संकलन गर्न ढिला गर्दा जनतामा एकातिर सरकार कहिले आएर अुनगमन गरिदेला भनेर बाटो हेर्न छाडेका छैनन्, भने अर्का्तिर बर्षायाममा ओत लाग्ने अस्थायी आवास कता बनाउने भनेर अन्योलमा परेका छन् । तीमध्ये अधिकांश सर्वसाधारण सरकारले क्षतिपुर्ति दिने पक्का–पक्कि भएमा पुरानै घरको डोबमा अस्थायी आवास बनाएर बस्ने तयारीमा छन्,जसले बर्षातको मौसम काट्न सकियोस ।

प्रमुख जिल्ला अधिकारीलाई टेलिफोनमा भट्टराई भन्दै थिए– ‘बर्षायाम शुरु हुन लागिसक्यो, कम्तिमा बर्षाअघि जनतालाई अस्थायी ओतमा राख्नुपर्छ ।’

पलेटी कसेर अन्तर्वार्ता                               

                                                                                                                                                          03

शक्तिशाली भूकम्प आएयता चौथोपटक गोरखा पुगेका भट्टराई पूर्व–निर्धा्रित कार्यक्रमअनुसार गोरखा एफएमको भवनमा अन्तर्वार्ता दिन पुगे । उनी त्यहाँ पुग्दा एफएम पुरानो भवनबाट केहीमाथि अस्थायी घरमा सरिसकेको थियो । सोध्दै खोज्दै युनिसेफको टेण्टमुनी सारिएको रेडियोको कार्यालयमा पुगेका भट्टराईले पलेटी कसेर अन्तर्वार्ता दिए ।

अन्तर्वार्ताको क्रममा उनी भन्दै थिए, ‘भूकम्पलाई हामीले रोक्न सक्ने कुरा भएन, तर भूकम्प प्रतिरोधी घर बनाउन हामी चुक्यौं ।’

                                                                                                                                                             04

भट्टराईकाअनुसार उनी यतिबेला अस्थायी आवास निर्माणको अभियानमा छन् । भन्दै थिए, ‘पाल र टेण्टहरु थोरबहुत गाउँ–गाउँमा पुग्यो । अब अस्थायी आवास निर्माणका लागि नक्सा लिएर आएको छु, यो अभियान देशव्यापी चलाउनुपर्छ ।’

भूकम्प गएको पाँच बर्ष बितिसक्दा पनि सरकारले पहलदकदमी लिन नसक्दा हाइटिका जनात अझै थाल थापेर मागिरहेको उदाहरण पेश गर्दै भट्टराईले भने– ‘हामी त्यही तालमा नबसौं, आ–आफ्नो ठाउँबाट पुननिर्माणमा जुट्दै जापान र इन्डोनेशियाको दिशामा अगाडि बढ्नुपर्छ ।’

अभियान स् अस्थायी टहरा                                                                                                   

केही दिनअघि काठमाडौंको गोलढुंगाबाट अस्थायी आवास निर्माणको अभियान शुरु गरेका डा. भट्टराईले गोरखा नगरपालीकास्थित सरस्वती उमाविमा पुगेर सोही अभियानलाई निरन्तरता दिए । केही इन्जिनियर र प्राविधिकको टोली लिएर गोरखा नगरपालीका–७ को सरस्वती उमावि पुगेका भट्टराईले अस्थायी आवास निर्माणको अभियानलाई निरन्तरता दिएका थिए ।

टनेल जस्तो देखिने बाँसको छानो भएको र चारपाटे अस्थायी आवासको शुरुवात गर्दै भट्टराईले भने– ‘यसपालीको बर्षा कटाउने उत्तम उपाय यहि मात्रै हो, बर्षापछि लागू गर्नेगरी राज्यले देशभरी एकै खालको आवास नीति ल्याउनुपर्छ ।

गोर्खालीको प्रश्न सबै सखाप भयो, अब के गर्ने ?                                                                                                 05

भूकम्पले ध्वस्त पारेको सदरमुकाम नजिकैको कट्टेलगाउँको निरीक्षणमा पुगेका भट्टराईलाई एक वृद्धले सोधे– ‘सबै सखाप भयो, अब कसो गर्ने ?’ जवाफमा भट्टराईले भने– ‘अब पूराना खालको होइन नयाँ संरचना बनाउनुपर्छ ।’

ती वृद्धले फेरि प्रतिप्रश्न गरे, ‘नयाँ कसरी बनाउने तपाईले शुरु गरिदिनु पर्यो नी !’

कट्टेलगाउँका स्थानीयले भट्टराईलाई आ–आफ्ना घरको अवस्था देखाउन तानातान गर्थे । आँपडाँडामा भेटिएका एक हुल महिलाको समुहले भट्टराईलाई भने, ‘हामीलाई के राहत दिने सर ?’ त्यस्तोमा भट्टराईले जवाफ दिए– ‘म राहत दिन आएको होइन, मैले संकलन गरेको सामग्री सबै सिडीओमार्फत पठाएको छु, नगरपालीकामा सम्पर्क गर्नुस ।’
भट्टराई आएको खबर पाएपछि दोबाटो र चौताराहरुमा जम्मा भएका स्थानीयहरुलाई भट्टराई सोध्थे, ‘मान्छेलाई त केही भएन नी ?’ साभारः रातोपाटी

प्रतिक्रिया दिनुहोस्: