भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६७ पुग्यो

काठमाण्डौ । भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६७ पुगेको छ । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ३ हजार ४ सय २३ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा १ हजार २१४, नुवाकोटमा १ हजार ४५, धादिङमा ७२८, रसुवामा ५७९, गोर्खामा ४१४, भक्तपुरमा ३२६, काभ्रेमा ३१८, ललितपुरमा १८१ र दोलखामा १५४ जनाको मृत्यु भएको छ ।

                                                                                                                                      111
यसैगरी ७ लाख ५६ हजार ७० हजार घरमा क्षति पुगेको छ । ४ लाख ८८ हजार ७८८ घर पूर्णरुपमा र २ लाख ६७ हजार २८२ घर आंशिकरुपमा क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: