भूकम्पले लोकतन्त्रको प्रकाशन अवरुद्ध

बिर्तामोड । बैशाख २९ गतेको भूकम्पमा परी काकरभिट्टाबाट प्रकाशन हुदै आएको लोकतन्त्र दैनिकको कार्यालयमा क्षति पुगेको छ । कार्यालय रहेको भवन चर्किएपछी आइतवार सो दैनिकको प्रकाशन अवरुद्ध भएको थियो ।

ब्यवसायी रोशन अग्रवालको मेचिनगर–१० मा रहेको घरमा प्रमुख कार्यालय रहेको सो दैनिकको सोमवार देखी त्रिपालबाट प्रकाशन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले त्रिपाल उपलब्ध गराएपछी सोमवारबाट प्रकाशन हुने गरी खुल्ला चौरबाट पत्रिकाको काम शुरु गरिएको प्रकाशनले जानकारी दिएको छ ।

 

चर्किएको भवनको अनुगमन गर्दै जिल्लाका इन्जिनियर सहितका सुरक्षा प्रमुखको टोलिले सो कार्यालयमा कुनै हालतमा नबस्न सुझाव दिएको दैनिकका प्रधान सम्पादक मोहन काजीले बताए ।

kazi

 

जिनीयस मिडिया प्रालीले सोही स्थानबाट एफ एम रेडियो र अनलाइन समेत प्रशारणको तयारी गरिरहेको छ । रेडियोको लागी स्टुडियो तयार गरिसकेको जानकारी दिदै काजीले टावरको निर्माणको काम आधा गरिसकेकाले पुरा गर्ने बिषयमा अन्यौल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्: