राहत कार्यक्रम प्रभावकारी भएन– ओली

काठमाण्डौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले वितरण गर्दै आएकोे राहत प्रभावकारी नभएको बताएका छन् । सरकारको प्रमुख घटक एमाले भएपनि पीडितका लागि राहत कति आयो, कहाँबाट आयो र कसरी वितरण भइरहेको छ भन्नेबारे कुनै जानकारी नभएको भन्दै ओलीले गुनासो गरे ।

२२ औ मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय बल्खुमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राहत वितरणको अभियानमा सरकारले सबैलाई समेटेर लानुपर्ने बताए । ओलीले भने ‘पीडितहरुलाई वितरण गरिएको राहत कहाँबाट कसरी संकलन भयो, कसरी वितरण भइरहेको छ सबै जनतालाई स्पष्ट पाुर्नपर्छ ।’ ओलीले पीडितहरुलाई मनसुनअघि नै पुर्नस्थापना गरिसक्नुपर्ने बताए ।                  kp oli

कार्यक्रममा एमालेका महासचिव ईश्वर पोख्रेलले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद थप सान्दर्भिक भएको र त्यसलाई पार्टीले दृढताका साथ कार्यान्वयन गर्ने बताए ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: