विप्लवको पत्रकार शम्मेलनमा झडप

काठमाण्डौ । बैध माओवादीबाट बिभाजित बनेको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रश्न सोध्न खोज्दा खुलामञ्चमा एक प्रश्नकर्ता कुटिएका छन् ।
भूकम्प पछि आफूले गरेको कामबारे जानकारी दिन विप्लवले खुलामञ्चमा पत्रकार सम्मेलन गरेका थिए ।

जहाँ सञ्चारकर्मीका साथै सर्बसाधारण समेत जम्मा भएका थिए ।
पत्रकार सम्मेलनका क्रममा महावौद्धका सन्दिप कुँवरले प्रश्न सोध्न खोज्नासाथ नजिकै रहेका विप्लवका कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेका हुन् । प्रहरीले उनलाई उद्धार गरी अस्पताल र्पुयाएको छ ।

                                                                                                                                                                             biplab
को हुन् कुँवर ?

कुँवरसहित युवाहरुको समूह भूकम्प पीडितहरुको उद्धारमा खटिँदै आएको छ । ‘अन द स्पट डिजास्टर टीम’ गठन गरेका कुँवरलगायतका युवाहरु पत्रकार सुमन बम्जनको शव उत्खनन कार्यमा समेत संलग्न थिए ।

उद्धारको कामबारे केहि जिज्ञासा राख्न खोज्दा एक्कासी आफूहरुलाई कुटिएको कुँवरले बताए । कुँवरको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: