१० गाउँ पहिरोको उच्च जोखिममा

बारपाक । वैशाख १२ गतेको विनाशकारी महाँभूकम्पको केन्द्रबिन्दु बारपाक आसपासका १० गाउँ पहिरोको उच्च जोखिमले अन्यत्रै सार्नुपर्ने देखिएको छ । भूकम्पले ठूला चिरा परेको र माथिबाट पहिरो आएका कारण गाउँ सार्नुपर्ने अवस्था सिर्जना भएको हो ।    pahiro

गुम्दा–४ यमगाउँका साने गुरुङले माथिबाट पहिरो आएर गाउँका नौजना पुरिएको बताउनु भयो । तीनजनाको शव फेला र्परे पनि ६ जना अझै वेपत्ता छन् । भूकम्पले यमगाउँका सबै ४३ घर जगैदेखि भत्केका छन् । गाउँमाथिको जुङगाङकोट र भीरकोटको डाँडाबाट पहिरो आएर गाउँ पुरेको गुरुङले बताउु भयो ।

करिब पाँच सय ५० घरधुरी भएको लाप्राक गाउँ पनि विस्थापित हुने भएको छ । २० वर्षअघिको पहिरोले चिराचिरा पारेको लाप्राकका सबै घर अहिले भूकम्पले भत्काएपछि गाउँले गुप्सीडाँडामा सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: