अभिनेत्री शिखा मृत फेला परिन

मुम्बई । मोडल एवं नायिका शिखा जोशी मुम्बईमा रहेको आफ्नै घरमा मृत फेला परेकी छिन् । हिन्दी फिल्म ‘बिए पास’ मा अभिनय गरेकी शिखा अंधेरी वेष्टमा बस्दै आएकी थिईन् ।
उनीसँगै बस्दै आएकी साथीले उनलाई नजिकको अस्पताल लगेकी थिईन् भने अस्पताल पुगे लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

अस्पताल पुग्दा उनको साथीको शरीरमा रगतका दागहरु स्पष्ट देखिन्थ्यो ।   sikha
उनको मृत्युलाई अहिले आत्महत्या भनिएको छ ।

उनको साथीले दिएको जानकारी अनुसार शिखा बाथरुममा छिर्दा नै चक्कु लिएर गएकी थिईन् ।
उनी निकट साथीहरुका अनुसार सिरियलमा काम गर्दै आएकी शिखालाई कामको अभाव थियो ।

वर्सोवा प्रहरी थानामा उनको मृत्युको विषयमा उजुरी गरिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार दुई महिना यता शिखा साथीसँग बस्न थालेकी थिईन् । प्रहरीले उनको साथीसंग बयान लिइरहेको छ भने हत्या हो वा आत्महत्या पुष्टि हुन बाँकी नै रहेको सञ्चारमाध्यहरुमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: