अस्थायी टहरा निर्माण गरिने

काठमाण्डौ । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष प्रदीप पौडेलले भूकम्पबाट बढी क्षति भई अर्थतन्त्रको क्षेत्रमा पुग्न गएको असर प्रति गम्भिर बन्दै प्रभाबित क्षेत्रमा नयाँ घर टहरा निर्माण गर्नु पर्नेे बताएका छन् । उनले भूकम्प प्रभावित क्षेत्रमा ५ सय घर टहरा निर्माण गरिदिने घोषणा समेत गरेका छन् ।

एकसय जना युवा विद्यार्थीका साथमा उनले सोमबारदेखि नै गोरखाको पालुङ ८ स्थित उपल्लो मालती गैरा गाउँबाट अभियान सञ्चालन गर्ने जनाएका छन् ।
भूकम्प प्रभावित गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, काभ्रे, दोलखा, ओखलढुंगा, मकवानपुर, तनहुँ, रसुवा र चितवनको चेपाङ बस्तीमा अस्थायी टहरा बनाउने पौडेलले बताए ।

बेलायतको टनब्रिज वेल्स निवासी युवा उद्यमी अनिलराज आचार्य, मनमैजुको सुमार्ग हार्डवेयर, अमेरिका नेपाल हेल्पिङ सोसाइटीमार्फत सागर कँडेल, काठमाडौ प्रोग्रेसिभ लाइन्सका तीर्थ आचार्य लगायतको सहयोगमा पौडेलले घर निर्माण गरिदिने भएका हुन् ।     p4

पौडेलेको घर निर्माण अभियानमा इन्जिनियर डा. गोकर्णबहादुर मोत्रा, युवा इन्जिनियर नवराज त्रिपाठीलगायतको साथ रहनेछ । प्रत्येक टोलीमा १५ जना इन्जिनियर रहने पौडेलले बताए ।
अभियानको पहिलो चरणमा गोरखाको पालुङटार गाविसको मालती गैरामा ३३ वटा अस्थायी टहरा निर्माण गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: