दाइजो नल्याएको भन्दै श्रीमतीलाई यातना

महोत्तरी । विवाह भएको वर्षौं बित्दासमेत दाइजोमा मोटरसाइकल तथा घडेरी नल्याएको भन्दै महोत्तरीको बर्दिवासमा एक जनाले आफ्नै श्रीमतीलाई बारम्बार यातना दिएको घटना सार्वजनिक भएको छ ।

बर्दिवास नगरपालिकाका ३८ वर्षीया लक्ष्मीनारायण यादवले आफ्नी २६ वर्षीया श्रीमती सुशीलालाई पिसाब खुवाएर यातना दिएको पीडितले स्थानीय सञ्चारकर्मीलाई बताइन ।
त्यसअघि पनि पतिले कुटपिट गर्दै करेन्ट लगाएर मार्ने प्रयास गरेका थिए ।

श्रीमानको कुटाइबाट घाइते भएकी सुशीलाको बर्दिवासस्थित होप अस्पतालमा उपचार भइरहेको छ ।   1111111111111111111
प्रहरीले सुशीलाका श्रीमान् लक्ष्मीनारायणलाई पक्राउ गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको छ ।

न्यायको याचना गर्दै पीडित सुशीलाले अन्तरपार्टी महिला सञ्जाल बर्दिवासमा उजुरी दिएकी छिन् । सञ्जालले यथाशीघ्र उनलाई न्याय दिन आवश्यक प्रयास गर्ने अध्यक्ष शारदा थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्: