झापाको धुलावारीमा आगलागी, करोडौँको क्षती

मेचिनगर । झापाको मेचिनगर–३ मा आगलागी हुदा करोडबढीको क्षति भएको छ । खनालबस्ती नजिकै रहेको रञ्जिता कुचो उद्योग तथा पाथिभरा ट्रेडर्सको अम्लिसो गोदाममा आगलागी हुदा गोदाममा रहेको अम्लिसो पुर्ण र भवनमा आंशिक क्षति भएको हो ।

स्थानीय ब्यपारी लोचेन्द्र श्रेष्ठ र किसन शाहले शंकलन गरेको अम्लिसोमा आगलागी भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ  ।

आइतवार बेलुकी १० बजेबाट सल्केको आगो नियन्त्रणका लागी स्थानीयवासी, प्रहरी र मेचिनगर, दमक र भद्रपुर  नगरपालीकाको दमकलको सहायताले सोमवार बिहान आगो नियन्त्रणमा आएको इप्रका धुलावारीका प्रहरी निरिक्षक सुवास बुडाथोकीले बताए ।

उनका अनुसार आगो नियन्त्रणमा आएपछी क्षतिको बिवरण संकलनका लागि प्रहरीको टोलीले काम सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: