भूकम्पको क्षति ९० शालको भन्दा बढी

बिर्तामोड । विसं १९९० शालमा गएको भूकम्प भन्दा विसं २०७२ बैशाख १२ गते गएको भूकम्पबाट बढि जन–धन को क्षति भएको छ । १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सङ्खुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको सो भुकम्पमा परी ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए । माघ २ गते गएको सो भुकम्पलाई नेपालको इतिहासमा महाभुकम्पको रुपमा लिने गरिन्छ ।                                                                                                  bhukampa photo

सो भुकम्पले घर विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसहित दुई लाख सात हजार सात सय ४० संरचना भत्किएको अभिलेख छ । २०७२ बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक लाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट हालसम्म ८ हजार ६ सय ४ ले ज्यान गुमाएका छन् भने १७ हजार ८ सय ८६ जना घाइते भएका छन् ।

यस्तै २०४५ साल भदौ ५ गते गएको भुकम्पमा परी ७ सय ५० जनाले ज्यान गुमाएका थिए । यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भुकम्पमा पाँच जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: