महिलाको चरित्र हत्या गर्ने पक्राउ

काठमाण्डौ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने काममा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै साथीको फेक आइडी बनाएर विभिन्न अश्लिल तस्वीर, भीडीयो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने धनुषाको जनकपुर नगरपालिका वडा नम्बर पाँच बस्ने २८ वर्षका सन्तोषकुमार रौनियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

रौनियारलाई प्रमाणसहित दरबारमार्गमा पक्राउ परेका उनलाई आइतबार महानगरीय प्रहरी परिसर पठाइएको छ ।
रौनियारलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: