विप्लव माओवादीको स्वास्थ्य शिविर

काठमाण्डौ । दोलखाको सिंगटीमा विप्लव माओवादीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले दोलखाको सिंगटीमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

गत बैशाख २९ गते आएको भूकम्पको केन्द्रविन्दु सिंगटीमा शुक्रबारदेखि स्वास्थ्य शिविर सुरु गरिएको पार्टी श्रोतले जानकारी दिएको छ ।
जिल्ला जनस्वास्थ्यसँग समन्वय गरी उनीहरुले जिल्लाकै सबैभन्दा बढि जोखिममा रहेको सिंगटीका भूकम्पपीडितहरुलाई सेवा दिएका छन् । 1

उद्दारको लागि त्यहाँ खटिएको नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीले पनि उक्त शिविरमा स्वास्थ्य परीक्षण गरिरहेका छन् । साथै अर्थोपेडिक सर्जन जापानी नागरिक डा. इसिदासहित नेपाली स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न छन् । भूकम्पको क्रममा घाइते भई उपचार नपाएका, चोटपटक लागेका, झाडापखालाका विरामी बढि भएकोले स्वाश्थ्य शिविर चलाइएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्: