हामिमाथी बढी हमला भयो– सभाषद गिरी

बिर्तामोड । एमालेका सभाषद प्रेम गिरीले त्रिपाल लिएको भन्ने समाचार चाहिने भन्दा बढी लेखिएको बताएका छन् । मोफसलका मिडियाले खासै प्राथमिकता नदिएपनी केन्द्रिय मिडियाले आफुहरुमाथी बढी हमला गरेको बताएका हुन् ।

सोमवार झापाको शनिश्चरेमा आयोजित पत्रकार शम्मेलन गर्दै सभाषद गिरीले एमालेका सभाषदहरुले लिइएको त्रिपाल भूकम्प पीडितलाई बितरण गरिएको उल्लेख गरे ।

सभाषदका घर पनि भत्किएकाले १ परिवारलाई १ थान त्रिपाल दिदा राहत नै हुने बताउदै गिरीले सिन्धुपाल्चोक र गोरखाका पीडितलाई झापाको तर्फबाट १ सय ५० वन्डल जस्तापाता राहत स्वरुप लैजान लागिएको बताए । जिल्ला प्रसासन कार्यालय झापा संग समन्वय गरेर राहत लगिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: