सहमतिको सरकार आवश्यक छैन– रामचन्द्र

काठमाण्डौ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतीय सरकारको विरोध गरेका छन् । सहमतिको सरकारको बहसले भूकम्पबाट निम्तिएको विपद व्यवस्थापनमा असर पर्ने उनले आशंका गरे । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सैद्धान्तिक सहमति भएको २४ घण्टा नबित्दै उपसभापति पौडेलले सहमतीय सरकार आवश्यक नरहेको टिप्पणी गरे ।

ramchandra
सोमबार पत्रकार सम्मेलन गर्दै उपसभापति पौडेलले संविधानका विवादित विषयमा स्पष्ट सहमति नभएसम्म राष्ट्रिय सरकार गठनको औचित्य नहुने धारणा राखे । उनले भने, ‘संविधानका विवादित विषयमा क्लीयर भएमा मात्रै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ । नाममात्रको सहमतिको सरकारको कुनै अर्थ रहँदैन ।’
उनले सुशील कोइराला नेतृत्वको हालकै सरकार ठीक रहेको बताए । विपत्तिको सामना गर्न सबैले सरकारलाई सघाउनु पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्: