अबैध अण्डा प्रहरीद्धारा नष्ट

भद्रपुर । वडा प्रहरी कार्यालय भद्रपुरले अवैध बोईलर कखुराको सात क्यारेट अण्डा बरामद गरी नष्ट गरेको छ । सोमवार भद्रपुर नगरपालिका वडा नं.७ मेची किनारमा भारतबाट चोरी पैठारी गरी ल्याउदै गरेकोे अण्डालाई बरामद गरी मगंलवार नष्ट गरिएको प्रहरीले बताएको छ ।

anda
पशु कवारेन्टाईन चेक पोष्ट भद्रपुरमा बुझाई पशु कवारेन्टाईनको कर्मचारी, प्रहरी तथा स्थानिय समेतको रोहबरमा पशु कवारेनटाईन चेकपोष्टको कम्पाउण्डमा उक्त अवैध अण्डा नष्ट गरिएको प्रहरी निरीक्षक राकेस कुमार पोदारले बताए ।

प्रतिक्रिया दिनुहोस्: