गोरखामा ४ सय ४० को मृत्यु, २४ बेपता

गोरखा । बारपाक केन्द्रबिन्दु बनाएर गएको महाँभूकम्पमा परी एक विदेशी नागरिकसहित गोरखामा चार सय ४० को मृत्यु भएको छ । अझै २४ जना बेपत्ता छन् । करिब एक हजार पाँच सय भूकम्पपीडितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

                                                                                                                                                   111
जर्मनीका नागरिक प्रोफेसर डाक्टर मात्थियस् कुहलेसहित गोरखाका चार सय ४० को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । केरौँजाको यारु बगरस्थित मनासलु पदमार्गमा हिँडिरहेका कुहले माथिबाट खसेको ढुङ्गा टाउकोमा बज्रेपछि घटनास्थलमा नै मृत्यु भएको थियो । कुहलेको शवलाई हिजै जर्मन पठाइसकिएको छ ।

‘अझै २४ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको छ’, प्रहरी निरीक्षक श्रेष्ठले भने–’पहिरोमा पुरिएकाको उत्खनन गर्न सकिएको छैन ।’
यसैबीच मनासलु पदमार्गमा गएको पहिरोभित्र पुरिएकाको उत्खननका लागि नेपाली सेनाको टोली खटिएको छ ।

विगत एक हप्तादेखि नेपाली सेनाको टोलीले थुमीको सोतिबजारदेखि लापुको हावाडाँडासम्म पुग्ने गोरेटो बाटो अहिले सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: