जेठ १ गतेबाट कक्षा ११ र १२ को परीक्षा

काठमाण्डौ । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को जेठ २० र कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने परिषद्ले जनाएको छ ।
भूकम्पले धेरै क्षति पुगेको गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काभ्रे र रामेछापमा भने पछि मात्र परीक्षा हुनेछ ।

सात जिल्लाका विद्यार्थीमा भूकम्पले बढी नै मनोवैज्ञानिक असर पारेको र जिल्लाको परीक्षा संचलन गर्न नसकिने परिषदको निष्कर्ष छ ।
कुनै परीक्षा केन्द्रले परीक्षा संचलन गर्न सक्ने जानकारी १० गते भित्र गराएमा भने परीक्षा लिइने परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिए ।

                                                                                                                                                                      11
हाल परीक्षा नभएका जिल्लाहरूमा शैक्षिक सत्र खेर नजाने गरी नयाँ परीक्षा तालिका छिट्टै नै सार्वजनिक गरिने उनेल बताए ।

वैशाख १२ को विनाशकारी भूकम्पका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित भएको थियो । कक्षा १२ को वैशाख २० र ११ को जेठ १ गतेबाट हुने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्: