टी–२० विश्वकप छनौट नेपाली खेल टिमको घोषणा

काठमाण्डौ । आयरल्याण्ड र स्कटल्याण्डमा हुने टी–२० विश्वकप छनौट प्रतियोगिताका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि पारस खड्काको नेतृत्वमा २२ जना खेलाडीलाई प्रारम्भिक छनौट गरेको हो ।

छनौटमा परेका खेलाडीलाई बन्द प्रशिक्षणका लागि राखिने छ । छनौटमा पर्ने खेलमाडीमा पारससहित शरद भेशवाकर, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सुवास खकुरेल , सागर पुन, विनोद भण्डारी, भुवन कार्की, प्रदिप ऐरी, जितेन्द्र मुखिया, अनिल मण्डल, पृथु बाँस्कोटा रहेका छन् । kirket

यस्तै मोहम्मद आलम, राजेश पुलामीमगर, अविनाश कर्ण, महेशकुमार क्षेत्री, हरिशंकर साह र सौरभ खनाल, सिद्धान्त लोहनी, छनौट भएको क्यानले जनाएको छ । बन्द प्रशिक्षणपछि यीमध्येबाटै अन्तिम टोलीको चयन गरिने छ ।

टी–२० छनौट खेल आगामी जुलाइ ३ देखि सुरु यसअघि तालिका सार्वजनिक भइरहेको छ । सोहि छनौटमा परेका टोली स्कटल्याण्डमा जुलाई २९ देखि हुने आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सिपमा पनि सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: