शक्तिशाली पुननिर्माण प्राधिकरण बनाउन सुझाव

काठमाण्डौ । पुननिर्माण अभियानको बहस चलाइरहेका एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले नेपाल इन्जिनियर्स एशोसिएसनका पदाधिकारी, वरिष्ठ इन्जिनियर, आर्किटेक्टर र भूकम्प विदहरुसँग छलफल गरेका छन् ।

भट्टराईले बैशाख १२ गतेको भूकम्पले भौतिक संरचनामा पु¥याएको क्षति, त्यसको ब्यबस्थापन र नवनिर्माणका बेला ध्यान दिनुपर्ने बिषयमा बिज्ञहरुसित छलफल गरेका हुन् ।
सहभागी विज्ञहरुले भूकम्पपछि पुनःनिर्माणका लागि प्राधिकरण बनाउन उपयुक्त हुने सुझाव दिएका छन् ।

साथै उनीहरुले शहरका जोखिमयुक्त भवन तथा संरचनाहरु अहिलेको मूख्य समस्या भएको बताए । नेता भट्टराईले मापदण्ड विपरित बनेका घरहरुलाई हटाउनु पर्नेमा जोड दिए । भोलिका जोखिमबाट बच्न अहिले नै पहल लिनु उपयुक्त हुने उनको धारणा थियो ।

भूकम्पपछिको पुननिर्माणको बहसमा ब्यस्त रहेका भट्टराईले पछिल्ला दिनमा बिभिन्न क्षेत्रका प्रतिनिधिहरुसँग छलफललाई तिब्रता दिएका छन् ।
अब नवनिर्माण अभियान चलाउनुपर्ने भन्दै भट्टराईले त्यसका योजनाबद्ध विकाशको खाका बनाई त्यसलाई कार्यन्वयन गर्न शक्तिशाली प्राधिकरण बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: