सिपमुलक तालिमको उद्घाटन

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा संचालन हुने सिपमुलक तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष पदमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ झापा अध्यक्ष पारसमणि राईको प्रमुख आतिथ्य र बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्रप्रसाद वस्तीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

                                                                                                                                                                    pp
महासंघ बिर्तामोड नगर परिषदको आयोजना र स्थानीय नगरपालिकाको आर्थीक सहयोगमा संचालन हुन लागेको सिप मुलक तालिममा नगरका महिला र पुरुषहरुलाई मोटर ड्र«ाइभिङ , कम्प्युटर हार्डवेयर तथा बुटिक तालिम संचालन हुन लागेको हो ।

महासंघका नगर उपाध्यक्ष मिथुन राजवंशीको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथी पारसमणि राई , विशिष्ट अतिथी रविन्द्रप्रसाद वस्ती , प्रेमराज घिसिङ , द्रोपदा गणेश , श्यामकुमार ताम्राकार र गणेश शाक्यले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव वीरेन मेचेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: